कक्षा १२ को परीक्षा सञ्चालन गर्न अनुमति



काठमाडौं, (नेस) । 

कोभिड–१९ केन्द्रीय संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सर्तसहित कक्षा १२ को परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । यो अनुमतिसँगै कक्षा १२ को परीक्षा भौतिकरूपमै हुने भएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डका अधिकारीको उपस्थितिमा सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न सहमति दिएको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीले सर्तसहित कक्षा १२ को परीक्षा सञ्चालन गर्न सहमति दिएको जानकारी दिनुभएको हो ।

अब मन्त्रिपरिषद्को बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि बोर्डले तयारी थाल्नेछ । बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले सीसीएमसीसँगको बैठकमा परीक्षा सञ्चालन गर्न अनुमति पाएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘सहमति पाएका छाै । मन्त्रिपरिषद्ले निर्णय गरेपछि अब कसरी परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा निर्णय हुनेछ । बोर्डले सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गरी परीक्षा गर्ने तयारी थालेको छ ।’

प्रतिक्रिया दिनुहोस्