एमाले बैठक : देउवालाई मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमाले ओली समूहको आज बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले माधव नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आइतबार नेता नेपालसहित २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्