गोहीको आँशु चुहाउनेलाई कसैले पत्याउँदैन : प्रचण्ड



न्युज अफ नेपाल, काठमाडौं ।

धारा ७६ (५) लाई लिएर गोहीको आँशु चुहाउनेलाई कसैले नपत्याउँने भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि रोष्टममा बोलेका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको धारा ७६(५)विपरीत गरेको भन्दै यस्तो बताएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गरेर अध्यक्ष प्रचण्डले आफ्नो अभिव्यक्ति दिएका थिए । अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको संविधानको धारा ७६(५) बमोजिम नियुक्त गरेको भन्दै पुनः स्मरण गराए ।

अध्यक्ष प्रचण्डले भने, ‘संविधानको धारा ७६(५) लाई लिएर गोहीको आँशु चुहाएर कसैले पत्याउँछ तपाईलाई । बारम्बार लोकतन्त्र हत्या गर्ने ?७६(५) के हो ? पार्टीभन्दा माथि, जनताको सार्वभौम रक्षा गर्नका लागि दिइएको अधिकार हो । ७६(५) लेख्दा हाम्रो सम्मत थियो ।’

यसअघि अध्यक्ष प्रचण्डले आफूले आजको यो दुर्दशा देखेको भए, गठबन्धन र पार्टी एकता नगर्ने पनि बताए । उनले भने, ‘यस्तो दुर्दशा देखेको भए, गठबन्धन र पार्टी एकता गर्थे होला रु दुई दुई पटक संसद् विघन र सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना । यस्ता घटना त संसारमा विरलै घट्छन् ।’

प्रतिक्रिया दिनुहोस्