जसपा ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने



न्युज अफ नेपाल, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।ठाकुर समूहका एक नेताले प्रधानमन्त्री देउवाले आइतबार पत्रमार्फत् मागेको विश्वासको मतका विषयमा पार्टीमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको बताए ।

पत्र पठाएपछि प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच भेटवार्ता पनि भएको उनले बताए । उनका अनुसार प्रधानमन्त्री देउवाले मधेशको माग पुरा गर्ने आश्वासन दिएकाले ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

यता, जसपाकै उपेन्द्र यादव पक्षले प्रधानमन्त्री देउवालाई मत दिने निर्णय गरिसकेको छ । हाल जसपाका ३२ जना सांसदमध्ये यादव समूहमा १८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्