पछिल्लो २४ घण्टामा १८०१ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप १८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगबालामा ६६२८ जनामा गरिएको एन्टिजेन परीक्षणमा १२२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १८०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै आज थप १६६७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्