देउवा सरकारलाई विश्वासको मत दिन्छौँ : सांसद चौधरी



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई एमालेको माधप नेपाल पक्षे विश्वासको मत दिने बताएका छन् । उनले सो समूह सरकारमा समेत सहभागी हुने बताएका छन् ।

शनिबार दाङको लमहीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । देउवा सरकारलाई विश्वासको मत दिएर पूरै अवधि चल्न दिने पनि उनले बताए । उनले भने, ‘हाम्रो *एमाले माधव समूहको) चट्टानी अडानकै कारण संसद बाँचेको छ ।

संविधानको रक्षा भएको छ । हाम्रो वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत रहन्छ ।’सांसद चौधरीले अहिलेकै अवस्थामा भने पार्टी एकता सम्भव नरहेको जनाएको छन् ।

प्रतिक्रिया दिनुहोस्