जिल्ला प्रहरी कार्यालय बझाङद्वारा गाँजा फडानी



ललित सिंह ,बझाङ ।

जिल्ला प्रहरी कार्यालय बझाङले गाँजा फडानी गरेको छ । समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्र्तगत शुक्रबार जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा फडानी गर्ने अभियान थालेको प्रहरीले बझाङको सदरमुकाम तथा जयपृथ्वी नगरपालिका–१० चैनपुरको रिङरोड, खुल्लामञ्च लगाएत बजार आसपासका क्षेत्रमा प्राकृतिक रुपमा उम्रेको गाँजा फडानी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङ र वडा प्रहरी कार्यालय विटबाट खटिएको प्रहरीको टोलीले करिब १० हजार बोट गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी रुपक खड्काले जानकारी दिनुभयो । विगतका वर्ष बझाङका ग्रामिण भेगमा गाँजा खेती लगाउने गरिएकोमा प्रहरीले नष्ट पार्न थालेपछि पछिल्लो समय गाँजा खेतीमा केही कमी आएको छ । लागुऔषध दुव्र्यसनीबाट युवायुवतीलाई जोगाउन जिल्लामा प्रहरी कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । प्रहरीले जिल्लाका विभिन्न सामुदायिक विद्यालय, निजी विद्यालय र जिल्लाका २ नगरपालिकासहित १० वटा गाउँपालिका गरी १२ वटै स्थानीय तहमा पुगेर लागुऔषध दुव्र्यसनीबाट हुने बेफाइदा र यसले शरीरमा हुने हानिदेखि आफ्नो जायजाथसमेत सकिने भन्दै चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

प्रहरीले चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेपछी लागुऔषध सेवन गर्ने युवायुवतीको संख्यामा भने कमि आउन थालेको छ । पछिल्लो समय बझाङमा गाँजा, भाङ लगायत लागुऔषध प्रयोग गर्नेको संख्यामा घढ्दो क्रममा रहेको छ । विशेष गरी युवा पुस्तामा लागुऔषध प्रयोग गर्नेको संख्यामा वृद्धि भएको भए पनि जनचेतनामुलक कार्यक्रमले सुधार हुदै गएको गाँजा फडानी टोलीमा खटिएका सहि बिजय स्नेहीले बताए । उनले भने हाम्रो जिल्ला प्रहरी कार्यालय बझाङको यो बार्षिक कार्यक्रम अन्तर्गत सनचेतना जगाई जनप्रतिनिधि र प्रहरी, पत्रकार को रोहवरमा गाजाँ फडानी गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्