पोखरा महानगरपालिकाका मेयरलाई मस्तिष्कघात, हेलिकप्टरबाट काठमाडौं लगिँदै



न्युज अफ नेपाल , काठमाडौं ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ ।

उच्च रक्तचापले मस्तिष्कघात भएको र नसा च्यापिएकाले देब्रे हर चलाउन समस्या भएको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए।शुक्रबार बिहानै मणिपाल शिक्षण अस्पताल लगिएकोमा अहिले थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।

मणिपालका चिकित्सकले जिसीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताएका छन् । मेयर जिसीलाई काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पताल लैजाने तयारी भइरहेको प्रेस संयोजक बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्