पछिल्लो २४ घण्टामा २६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देभभरका विभिन्न प्रयोगशालामा ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थप १७५७ जना कोारनो संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्