प्रचण्ड, माधव नेपाल र विप्लवबीच भेटबार्ता



न्युज अफ नेपाल, काठमडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताबीच भेटबार्ता भएको छ ।

प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार महासचिव विप्लव नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् ।

विप्लवले कोटेश्वरमा प्रचण्डसहित नेता नेपालसँग छलफल गरेका हुन् । यसअघि विप्लव र बाँस्तोलाले बुधबार प्रचण्डलाई खुमलटारस्थित निवासमा भेटेका थिए।

प्रतिक्रिया दिनुहोस्