बालुवाटार जग्गा प्रकरणमा मुछिएका गच्छदार १० लाख धरौटीमा रिहा



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री निवास बालुवाटारको जग्गा व्यक्तिको नाममा पुर्याउने मुद्धामा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । बुधबार गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

गच्छदारविरुद्ध डेढ वर्षअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा मन्त्री हुँदा ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको अभियोग लगाउँदै अदालतमा मुद्दा दायर गरेको थियो।

उक्त मुद्धामा आज अदालतमा उपस्थित भएका गच्छदारलाई अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले १० लाख धरौटीमा छोडेको हो।

प्रतिक्रिया दिनुहोस्