ओलीले बालुवाटार छाड्दै, कार्यकर्तासहित सयौं गाडीको स्कटिङमा बालकोट पुग्‍ने



न्युज अफ नेपाल, काठमाडौ‌‌‌ ।

सर्वोच्च अदालतको परमादेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएसँगै निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।

ओलीले आज बिहान ११ बजे बालुवाटार छाड्न लागेका हुन् । आजदेखि उनी निजी निवास बालकोटमा बस्नेछन् । ओली बालुवाटारबाट बालकोट जाँदा उनलाई सयौं गाडीको जुलुसका बीच बालकोट पुर्‍याइने जनाइएको छ ।

एमाले नेता महेश बस्‍नेतले ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कटिङ्ग र स्वागत गर्दै बालकोट लग्‍ने बताउँदै यसका लागि सबै कार्यकर्तालाई बालुवाटारमा भेला हुन आह्‍वान गरेका छन् । देउवाले मंगलबार नै प्रधानमन्त्री पदको सपथ लिँदै कार्यभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्