२४ वर्षपछि हराएको छोरोसँग भेट



बेइजिङ, (एजेन्सी)

एकजना चिनियाँ पुरुषको २४ वर्ष लामो खोजिएपछि आफ्नो हराएको छोरासँग भेट भएको छ । छोराको खोजीको क्रममा गुओ गांगतांगले मोटरसाइकलबाट मुलुकभरि पाँच लाख किलोमिटरभन्दा लामो दूरीको यात्रा गरेका थिए ।

सान्दोङ प्रान्तको गुओको निवासबाट मानव तस्करहरूले उनका दुई वर्षीय छोरो चोरेर लगेका थिए ।उनको छोरो हराएकै कथावस्तुमा सन् २०१५ मा एउटा चलचित्र बनेको थियो । त्यसमा हङकङका सुपरस्टार एन्डी लाउले अभिनय गरेका थिए । बालबालिका अपहरण चीनको निकै ठूलो समस्या बनेको छ । प्रत्येक वर्ष हजारौं बालबालिका अपहरणमा पर्ने गरेका छन् ।चीनको जन सुरक्षा मन्त्रालयका अनुसार प्रहरीले डिएनए परीक्षणको आधारमा उनको छोरोको पहिचान प्रमाणित गरेको थियो । ग्लोबल टाइम्सले उनको छोरोका अपहरणको सिलसिलामा दुई जना आशंकित व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ ।

यसैगरी, चाइना टाइम्सले २४ वर्षअगाडि डेटिङ गरिरहेको ती जोडी बच्चा बेचेर पैसा कमाउने उद्देश्यले उनको अपहरण गरेका थिए ।
तांग नामक युवतीले घरबाहिर एक्लै खेलिरहेका गुओको छोरोलाई बोकेर बस स्टपमा आफूलाई पर्खिबसेका प्रेमी हुसम्म पु¥याएका थिए । सन् १९९७ मा छोरो हराएपछि गुओले चीनका २० वटाभन्दा बढी प्रान्तमा उनलाई मोटरसाइकल चढेर खोजेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्