युवा र विद्यार्थीले बनेपामा प्रधानन्यायाधीशको पुत्ला जलाए



मोतीराम तिमल्सिना, काभ्रे ।

सतारुढ नेकपा एमाले निकट भातृ संगठनहरु युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववियुले काभ्रेको बनेपामा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणा लगायतका न्यायाधिशहरुको पुत्ला जलाएका छन् ।

मसाल सहित प्रर्दशन गरेका युवा तथा विद्यार्थीहरुले बनेपाको विभिन्न स्थानमा प्रर्दशन गरेका छन् । दलिय ब्यवस्थामा अदालतले गरेको निर्णयले निर्दलिय तर्फ उन्मुख गरेको भन्दै विद्यार्थी र युवाहरुले आदेश कार्यान्वयन हुँदा मुलुक राजनीतिक संकटमा फस्ने भन्दै आदेश विरुद्ध आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

युवा संघका केन्द्रिय नेताहरु, विद्यार्थीका केन्द्रिय नेताहरु, युवा जिल्ला अध्यक्ष विक्रम चौलागाई, विद्यार्थी अध्यक्ष गोविन्द उप्रेति लगायतले सर्वाेच्च अदालतको फैसलाले मुलुक निर्दलियता तर्फ उन्मुख भएको बताए । युवा र विद्यार्थीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्