भोलिदेखि पत्रकारले पनि कोरोना खोप लगाउन पाउने



काठमाडौं ।

नेपाल पत्रकार महासङ्घको पहलमा कोरोना खोप लगाउन छुटेका पत्रकारका लागि भोलि अर्थात् यही असार २९, ३० र ३१ गते खोप लगाउने व्यवस्था गरिएको छ । स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँमार्फत सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप लगाउने व्यवस्था गरेको हो ।

महासङ्घको परिचयपत्र, सूचना विभागको परिचयपत्र वा महासङ्घ केन्द्रीय समितिको सिफारिसका आधारमा खोप लगाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाबाहिरका हकमा भने जिल्ला स्वास्थ्य कार्यालयमार्फत समन्वय गरेर खोप लगाउन सबै जिल्ला शाखालाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्