फेरि स्याङ्जा र गोरखामा कोरोनाको नयाँ ‘भेरियन्ट’ भेटियो



न्युज अफ नेपाल, काठमाडौं ।

यस अघि पत्ता लागेको अल्फा भेरियन्ट भन्दा छिटो फैलन कोरोना संक्रणको भाईरस गोरखा र स्याङजामा पत्ता लागेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट परिक्षणका लागि जेठ ३१ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएका ५ वटा नमुनामा नयाँ भेरियन्ट डेल्टा (बि.१.६१७.२) पुष्टि भएको उल्लेख गरिएको छ । गण्डकी प्रदेशको स्याङ्जा र गोरखा जिल्लामा कोरोनाको नयाँ भेरियन्ट भेटिएको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र गण्डकी प्रदेशका संयोजक नबराज शर्माले जारी गर्नुभएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

केन्द्रका संयोजक शर्माका अनुसार स्याङ्जाका २ पुरुष तथा गोरखाका ३ महिलामा नयाँ भेरियन्ट डेल्टा प्रमाणित भएको छ । स्याङजा कालिगण्डकी गाउँपाकिाका १४ वर्ष र ६० वर्षको पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकामा ७०,३३, र ४० वर्षिय महिलाहरुमा नयाँ भेरियन्ट पुष्टि भएको जनाईएको छ ।

विज्ञप्तीमा उल्लेख भए अनुसार यो पहिला प्रमाणित भएको अल्फा भेरियन्टमाभन्दा बढी संक्रमण हुने दर केही बढी भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड र सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्