काठमाडौंमा थप २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ३१ जना र ललितपुरमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै आज काठमाडौं उपत्यकामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्