मिचिगनवासीद्वारा कोभिड अस्पताललाई आइसीयु बेड सहयोग



बर्दिया ।

मिचिगनमा बसोबास गर्दै आएका ६ परिवारले बर्दियाको ठाकुरबाबा नगरपालिकाको रानीपुरमा सञ्चालन गरेको कोभिड अस्पतालको लागि ३ वटा आइसीयु बेड किन्न सहयोग गरेको छ।

बर्दियाको ठाकुरबाबा नगपालिका घर भई हाल अमेरिकाको मिचिगनमा बस्ने छबिलाल लामिछानेको नेतृत्वमा १२ लाख ५५ हजार ५० रुपैया संकलन गरि हस्तान्तरण गरिएको हो।

सहयोग गर्नेहरुमा ठाकुरबाबा नगरपालिका १ का छबिलाल लामिछाने र यसोदा लामिछानेले ६ लाख ११ हजार ४ सय रुपैया, वडा नम्बर ८ का देबिराम शर्मा र रमा कुमारी शर्माले १ लाख १३ हजार रुपैया, वडा नम्बर ३ की दिपा शर्माले पनि १ लाख १३ हजार रुपैया सहयोग स्वरुप उपलब्ध गराएको जनाइएको छ।

यस्तै ठाकुरबाबा नगरपालिका ७ का जोहन ढकाल र रचना ढकालले २ लाख ८२ हजार ५ सय रुपैया, वडा नम्बर २ बलातिका टिका गौतम र गोमा गौतमले १ लाख १३ हजार, वडा नम्बर ७ का भुपेन्द्र ढकाल र प्रसंसा ढकालले २२ हजार ६ सय रुपैया प्रदान गरेका हुन्।

उनीहरुका अभिभावकले सो रकम ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। नगर प्रमुख श्रेष्ठले सहयोगीका परिवारलाई कोभिड अस्पतालमै खादा ओढाएर सम्मान गर्यो।

कोरोनाको दोस्रो लहरसंगै संक्रमित बढ्न थालेपछि नगरपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो। त्यसमा विभिन्न संघसंस्थाहरुले सहयोग गरिरहेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्