सामाजिक सञ्जालबाटै संगीत



हेटौंडा, (नेस)।

कोरोना कहरका कारण जारी निषेधाज्ञाले घर–घरमै खुम्चिएर बस्नुपरेका मानिसलाई सांगीतिकरुपमा मनोरञ्जन प्रदान गर्न हेटौंडामा विशेष सांगीतिक कार्यक्रम भएको छ।

भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले शनिबार प्रत्यक्ष सांगीतिक कार्यक्रम गरेको हो। आक्रान्त समाजलाई मनोरञ्जनार्थ सांगीतिक प्रस्तुतिहरु सामाजिक सञ्जालमार्फत् प्रस्तुत गरिएको हो। प्रत्यक्ष प्रसारणमार्फत् कृष्णगोपाल सिंहले तारा मात्र हैन तिमीलाई, जुनै दाइजो दिइदिउँला, माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला, पुरणविक्रम अधिकारीले चलेछ बतास सुस्तरी मनै हरर, भरोसा छैन जीवनको, बिताउँ हाँसेर, रमेश गहतराजले हजार जुनीसम्म खोजी बसें तिमीलाई, माया मेरो युग युगसम्म तिमीलाई प्रस्तुत गरेका थिए।

त्यसैगरी, गायिका सुनीता लुईंटेलले पर लैजाऊ फूलहरू, छोपिदेऊ ताराजून, बन्द गर गीतहरू, तिम्रो याद आउने सबै चिजहरू, बाबु क्षेत्रीले हाँस्ने रहरहरू आँसुमा डुबे, सुन्दर सपना सिसाझैं फुटे, हीरा क्षेत्रीले शुभकामना भरी हरेक स्वासमा, तिम्रो दीर्घायुको कामना गर्न सकूँ म, पदमलाल श्रेष्ठले यति धेरै माया दिई मनभरि दुःख नदेऊ, बाटो वरपर फुल्ने पलाास टिपी शिरमा नलाऊ गीत प्रस्तुत गरेका थिए।कार्यक्रममा घनश्याम ढकालले कसरी म भुलें, केमा म भुलें, तिम्रो ओठमा, तिम्रो मुस्कानमा, आँखामा कि भाखामा, तुलुक लामाले तिमीलाई म के भनुँ, फूल भनुँ कि जून भनुँ, उपमा धेरै म के दिऊँ, तिमीलाई मनकी मायालु भनुँ, राजकुमार रसाइलीले कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन र आशाकाजी श्रेष्ठले डाँडामाथि चौतारी, चौतारीमा औतारी गीत प्रस्तुत गरेका थिए।कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्य, प्रतिष्ठान उपाध्यक्ष विष्णुगोपाल महर्जन, महासचिव केशवलाल श्रेष्ठ र सचिव निर्मला भ्लोनले मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्