काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो, खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खुल्ने



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधि थपिए पनि केही खुकुलो भने पारिएको छ । अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।

अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । यस्तै शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्