उसको त बिहे भयो रे



टिकटकबाट चर्चामा आएका विजय पुनले सामाजिक दूरी कायम गर्दै निर्माण गरेको उसको त बिहे भयो रे बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गीतमा ऋषि खड्काको संगीत र विजय पुनको शब्द रचना रहेको छ भने विश्वास नेपालले एरेन्ज गरेका छन्। गायक प्रताप दासद्वारा स्वरबद्ध उसको त बिहे भयो रेमाथि कथानक म्युजिक भिडियो बनेको छ। यसको म्युजिक भिडियोमा प्रेम, धोका, पीडा, त्याग, बिछोडजस्ता रसहरुको मिश्रित रुपलाई कथावस्तुका रुपमा उनिएको छ। म्युजिक भिडियोमा प्रेम, घरपरिवार र समय परिस्थितिको सम्बन्धलाई चारित्रिक ढंगबाट प्रस्तुत गरिएको छ।

म्युजिक भिडियोमा विजय पुन र गीता ढुंगानाको अभिनय रहेको छ भने अन्य सहयोगी कलाकारले साथ दिएका छन्। कथा र निर्देशन विक्रम चौहानको रहेको छ भने अजय रेग्मीले छायांकन गरेको म्युजिक भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन्। गीत पत्थरको मुटु युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्