देशभर थप ५१५३ मा संक्रमण, १०८ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौँ ।

आज देशभर थप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी कुल ५१५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप १०८ संक्रमितको मृत्यु भएको छ भने ६५७० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्