छोराको मृत्युको २४ घण्टा नबित्दै बाबुको पनि निधन



गणेश घिमिरे, इलाम, ।

इलाम नगरपालिकामा कोरोना संक्रमणका कारण छोराको मृत्यु भएको २४ घण्टा नबित्दै कोरोना संक्रमणबाट मुक्त भएका बाबुको पनि मृत्यु भएको छ ।
इलामनगरपालिका ८ सिङफ्रिङका ४४ वर्षीय नारायण पोख्रेलको कोरोना संक्रमणबाट आइतबार साँझ मृत्यु भएको थियो ।

उहाँको झापाको विर्तासिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उहाँको जेठ १९ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उहाँको मृत्यु भएको २४ घण्टा नबित्दै उहाँका बाबु ८४ वर्षीय वेदप्रसाद पोख्रेलको सोमबार दिउँसो साढे ४ बजे मृत्यु भएको छ । स्थानीय हेमन्त गौतमका अनुसार बेदप्रसाद पोख्रेल भर्खरै कोरोना संक्रमणमुक्त हुनु भएको थियो ।

२४ घण्टा नबित्दै एकै घरका बाबु छोराको मृत्यु इलाम नै शोकमग्न भएको छ । मृतक वेदप्रसाद पोख्रेल पूर्व शिक्षक हुनुन्थ्यो । कोरोनाबाट मृत्यु हुनु भएका नारायण पोख्रेलको मृत्युसँगै इलाममा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । यस्तै, संक्रमितको सङ्ख्या १२ सय २३ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या ५ सय २२ पुगेको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्