पछिल्लो २४ घण्टामा थप ४४७२ जनामा कोरोना संक्रमण पुष्टि, ९२ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।आज १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै आज थप ६९५१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ९२ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्