यार्सा संकलकको लडेर मृत्यु

658
Shares

न्युज अफ नेपाल, दार्चुला ।

यार्सागुम्बा संकलनको क्रममा भीरबाट लडेर एकको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका–४ का १९ वर्षीय महेश सिंह धामीको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अपिहिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा संकलन गर्न गएका धामीको भिरबाट लडेर शनिबार मृत्यु भएको जनाइएको छ ।

जेठ पहिलो साता यार्सागुम्बा संकलनको लागि घरबाट गएका धामीको भिरबाट लडेर मृत्यु भएको हो । मृतक धामी नौगाड गाउँपालिका स्थित गणेश विनायक मावि सिप्टीमा कक्षा १२ मा अध्ययनरत छात्र रहेको खुल्न आएको छ ।