नदीजन्य पदार्थ दोहन आरोपमा कारबाही



न्युज अफ नेपाल, हेटौंडा ।

अवैधरुपमा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा, ग्राबेल) दोहन, उत्खनन् गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले स्काभेटर, जेसीबी र ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा नदीजन्य पदार्थ उत्खनन् र बिक्री खुला गर्ने घोषणा गरेको बेला प्रहरी त्यस्ता गतिविधिप्रति आक्रामक देखिएको होे ।

प्रहरीले आइतबार हेटौंडा बस्तीपुरस्थित राप्ती खोलाबाट प्र–२–००३–१ त ३२५२ र ना. ६ त ६३५६ नम्बर ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी गस्ती टोलीले शनिबार प्र–२–०३–००१ क ०४०१ नम्बर ब्याकलोडर (जेसीबी), ना. ७ ख ५५३४ नम्बर ट्रिपर, प्र–०३–००१ ख १३३१ नम्बर ट्रिपर र ना. ४ त २४१२ , ना. ३ त ८०८, ना. ३ त १३१५ र ना. ६ त ६०४ नम्बर ट्याक्टरहरुलाई हेटौंडा–९ र १५ स्थित खोलाबाट नियन्त्रणमा लिएको थियो ।

बैशाख र जेठको हालसम्म ४६ वटा ट्याक्टर, १ जेसीबी, १ स्काभेटर र ३ ट्रिपरलाई अवैध नदीजन्य पदार्थ उत्खनन् तथा दोहन गरेको भन्दै नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानीय तहमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्