मन्त्रालय अन्तर्गतकाे बजेट कार्यान्वयनमा जाेड दिन शिक्षामन्त्री श्रेष्ठको निर्देशन



न्युज अफ नेपाल, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ । बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यबिध योजना तयार गर्न ढिला गर्न नहुने बताउदै मन्त्री श्रेष्ठले साउन १ गतेदेखि बजेठ कार्यन्वयन गर्ने विषयमा अघि बढ्नुस
उहाँले बजेटको विषयमा कुनै कसर बाकी राख्नु हुँदैन कार्यान्वयनमा हुनेगरी काम अघि बढाउनुस–मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो ।

उहाँले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–असार १ गतेबाट भर्ना प्रकृया शुरु गर्नेछौ , त्यसको निम्ति सबै कार्यक्र कार्यान्वयन गर्नुस् कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यबिधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताउनुभयो । उहाले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यन्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारी गराउनुभयो । उहाले भन्नुभयो–बजेट तत्काल कार्यान्वयन गर्नुपर्छ ।

छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा। तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम कार्यान्वयन गर्न तत्काल कार्यँविधि निर्माण गर्ने बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुननिर्माण हुने बताउर्दै त्यसको लागि योजना निर्माण भैरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने , सहुलियत दरमा २५ लाख रुपिया सम्म ऋण दिने, कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपुर्ण योजना कार्यन्वयउन गर्न मन्त्रालयले योजना तयारी गरिरहेको बताउनुभयो ।

छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले बजेटमा उल्लेख भएका सबै तोकिएकै समयमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताउनुभयो । उहाले भन्नुभयो–गत वर्षकै आधारमा एसइईईको परीक्षाफल प्रकाशित गर्नेछौँ । सचिव थपलियाले बजेटमा उल्लेख भए अनुसार करिब १३ हजार विद्यालयमा स्काउट निर्माण गर्ने, विद्यार्थीलाई खेलकुद गतिविधिमा अघि बढाउने विषलाई लागु गरिने जानकारी दिनुभयो ।

बैठकमा मन्त्री श्रेष्ठले सबै शिक्षक र कर्मचारीलाई को्रोना विरुद्धको खोप उपलब्ध गराउन स्वाथ्य मन्त्रालयलाई पुनः आग्रह गर्ने बताउनुभयो ।मन्त्री श्रेष्ठले मन्त्रालयका अधिकारीलाई निर्देशन दिँदै भन्नुभयो–करिब एक महिना अघि तत्कालिन स्वाथ्य मन्त्री हृदयश त्रिपाठी समक्ष अग्रपंक्तिमा खटिने शिक्षकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह सहितको पत्र दिनुभएको थियो । सो पत्र कार्यान्वयन गर्न पुन मन्त्रालयलाई आग्रह गर्दै पत्र पठाउन मन्त्री श्रेष्ठले निर्देशन दिनुभएको छ ।

बैठकमा जनक शिक्षा सामाग्री संस्थान लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झाले शैक्षिक सत्र अगाबै पुस्तक ढुवानीगर्न खुला गर्न आग्रह गर्नुभएको थियो , लगत्तै मन्त्री श्रेष्ठले सो विषयमा सिसिएमसीमा पत्रचार गर्ने बताउनभयाे ।शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुष्ठ अर्यालले असार १ गतेबाट भर्ना प्रकृया अघि बढाउने, शैक्षिकसत्र अगाबै सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तथक पु¥याउने व्यवस्था गर्न प्रकृया अघि बढाउनुपर्ने बताउनुभयो ।

बैठकमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बजेटमा उल्लेख भएको विषय कार्यान्वयन गर्ने विषयमा मन्त्रालयले कार्ययोजना निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालले सबै निकायको सहयोगमा बजेट कार्यान्वयन गर्न योजना तयार पार्नुपर्ने उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले अन्य मन्त्रालयको तुलनामा शिक्षा मन्त्रालयले बजेट कार्यान्वयन गर्न अघि बढ्न निर्देशन दिनुभयो । भन्नुभयो–हाम्रो मन्त्रालयले तोकिएकै समयमा बजेट कार्यन्वयन गर्नुपर्छ , साउन १ गतेबाट सबै प्रकृया अघि बढाउनुस ।

प्रतिक्रिया दिनुहोस्