पूर्व नवयुवराज हृदयेन्द्र शाह ‘राजा’ बन्ने पक्का पक्की !



  • ठाकुरप्रसाद बराल

पृष्ठभूमि 

पूर्व युवराज पारस तथा पूर्व युवराज्ञी हिमानी शाहको प्रथम पुत्रको रूपमा पूर्व नवयुवराज हृदयेन्द्रको जन्म, विसं.२०५९ श्रावण १४ गते,मङ्गलबार श्रावण कृष्णपक्ष षष्ठी तिथिका दिन मध्यान्ह १२:४९ बजे अमृत बेला,शुभ योगमा भएको, कुरा विभिन्न सञ्चार माध्यमहरूमा पाइन्छ।

न्वारनको नाम दोयेन्द्र :

जन्म समयको आधारमा हृदयेन्द्रको वास्तविक नाम मिन राशी, रेवती नक्षत्रको दोश्रो पाउ ‘दो’बाट शुरू भएकोले आकर्षक बनाउन अगाडि उपसर्ग जस्तो हृ राखी हृदोयन्द्र हुँदै हृदयेन्द्र राखिएको हुन सक्ने अनुमान गर्न सकिन्छ। तर वास्तविक नाम दोयेन्द्र हुन्छ।

मुलुकको अवस्था :

अहिले मुलुक एकातिर सङ्क्रामक रोगको महामारीबाट आक्रान्त छ भने अर्कातिर राजनीतिक दलको अकर्मण्यता, दलहरू बीचको लुछाचुडी,फुट,भागबण्डा, बढ्दो भ्रष्टाचार, जनतामा नैराश्यता, विदेशी चलखेल, वेरोजगारी जस्ता समस्याहरूले जनजीवन हतप्रभ छ । यस्तो अवस्थामा मानिसहरूले केसम्म आँकलन गर्न थालेका छन् भने अब पुरानो पुस्ताले मुलुक हाक्न सक्दैन ।

बुढाले मुलुकलाई खाल्डोमा हाल्छन्

पुरानो पुस्ताबीचको कुर्सी दौडले मुलुकलाई गतिहीन बनाइरहेको छ । पुराना व्यक्तित्वहरूको बीच व्यक्तिगत कुण्ठा, पुराना रिस, आग्रह पूर्वाग्रहका कारण नै मुलुक अन्योलको तुवाँलोमा कुइरोको काग झैँ गतिहीन बन्न पुगेको छ । मानिसहरू अब नया पिँढीको खोजिमा देखिन्छन् ।

कहिले युवाहरू केही हुन्छ कि भनी ग्यानेन्द्र शाहीलाई विश्वास गरेर उनका पछि दौडिरहेछन् र केही पत्रकार रवि लामिछानेको पछाडि दौडिरहेका देखिन्छन् । राजनीतिक उछ्वाशको चपेटामा नपरी निष्पक्ष अन्तिम निर्णय दिन सक्ने दृढसंकल्पित नेतृत्वको खाँचो मुलुकमा टड्कारो देखिएको छ ।

कूटनीति लथालिङ्ग 

वैदेशिक मामलामा पनि मुलुकको भूपरिवेष्टितालाई केन्द्र विन्दु बनाएर भरपर्दो सन्तुलित वैदेशिक नीति कायम गरी अन्तर्राष्ट्रिय मामिलामा असंलग्न र इज्जतपूर्ण प्रतिष्ठा कायम गर्ने एक नितान्त राष्ट्रप्रेमी कुशल नेतृत्व मुलुकले खोजेको आभाष मिलिरहेको छ ।

यसै परिप्रेक्षमा कतिपयले राजसंस्था र हिन्दू राष्ट्रको वकालत पनि गरिरहेको पाइन्छ। यस्तो अवस्थामा पूर्व राजा ज्ञानेन्द्रलाई पुनर्स्थापित गर्न पनि कुनै शक्ति लागिपरेको देखिन्छ। तर उनको विगत पृष्ठभूमिले उनलाई पुनर्स्थापित गर्ने कुरामा जनता फेरि निरङ्कुशता तर्फ त मुलुक जाने हैन रु भनी झस्कन्छन् । त्यसपछिको उत्तराधिकारीको त कुरै नगरौँ ।

वेवी किङ्गमा बढ्दो विश्वास 

त्यसपछि एकपटक वेवी किङ्गको चर्चामा समेत उछालिएका तर निरङ्कुश राजतन्त्रको चपेटामा परेका जनताको आक्रोशले अस्वीकार्य बनेका पूर्व नवयुवराज हृदयेन्द्रको आजकाल बेला वेला चर्चा हुने गरेको छ। यसै दौरानमा सर्वसाधारणको जिग्याशा तृप्तिको लागि यहाँ ज्योतिषको विद्यार्थीको नाताले पाएका सूचना र तत्शास्त्रकै आधारमा हृदयेन्द्रको कुण्डलीको विश्लेषण गर्ने कोशिस गरिएको छ।

कुण्डलीमा के कस्ता योग छन् 

हृदयेन्द्रको राजयोग छ कि छैन ? भनेर कतिपयले प्रश्न गरिरहँदा निम्न कुरा देखिएकोले जस्ताको तस्तै लेख्न कोशिस गरिएको छ।

हृदयेन्द्रको राज्यभाव वा कर्मस्थानमा सूर्य, मंगल, बुध र बृहस्पति सहितका ४ ग्रहको युति छ । त्यही बुधादित्य योग पनि बनेको छ। जसले कुनै पनि बेला राज्यको मुख्य पदमा पुग्ने योग बनाउने छ।
यसो भन्दा राजावादीहरूले हल्ला मच्चाएझै राजतन्त्र नै अहिले आउछ भनी यहा ठोकुवा गर्न सकिन्न।

लघुजातकम् 

प्रकीर्णाध्यायले यसो भनेको छ ।

‘क्षेत्राधिपसन्दृष्टे शशिनि नृपस्तत्सुहृद्भिरपि धनवान् ।’
अर्थात् जन्मसमयमा जुन राशिमा चन्द्रमा हुन्छ–त्यहाँ यदि उसको स्वामीको दृष्टि भयो भने राजा हुन्छ अथवा चन्द्रमालाई राशि स्वामीको मित्र दृष्टि पर्यो भने धनवान् हुन्छ भनिएको छ ।

हृदयेन्द्रको कुण्डली अनुसार छैठौं भावमा कृष्णपक्षको दिनको चन्द्रमा हुँदा सबै अरिष्ठहरू नाश हुनेछन् भने चन्द्र बसेको मीन राशीको स्वामी बृहस्पति राज्यभावमा बसेर चन्द्रमालाई नवम पूर्ण दृष्टि दिइरहेको छ ।
जन्मलग्न कुण्डली अनुसार राज्यभावर कर्मभावमा रहेको मङ्गलको लग्नमा पूर्ण दृष्टि छ भने ४ वटै ग्रहले सुखभावलाई पूर्ण दृष्टि दिइरहेका छन् । यसले यी दुबै भावलाई अत्यन्तै प्रवल बनाएको छ ।

प्रबज्या योग 

४ ग्रह वा त्यो भन्दा धेरै ग्रह कुनै घरमा भयो भने प्रबज्या योग हुन्छ जसको आशय पुरुषार्थ गरेर देखाउने योग हो । यहा पुरुषार्थ योग भनेको आफ्नै वाहुवलले नेतृत्वमा पुग्ने हो यसैले पुर्खेउली बलले नै हृदयेन्द्रको नेतृत्वमा पुग्ने सम्भावना न्यून छ भन्न सकिन्छ ।

हृदयेन्द्रले जनताको हृदय जित्ने जेजस्तो उपाय छन् त्यसलाई अवलम्बन गर्नै पर्छ। भाग्यमा छ भनेर डोकोमा दूध दोयेर अडिँदैन भन्ने नेपाली उखान छ ,कर्म नगरी राज्यप्राप्त हुँदैन ।

केन्द्रमा उच्च बृहस्पति

साथै यदि जन्म समयमा बलवान् बृहस्पति केन्द्रमा होस् त सम्पूर्ण अरिष्टहरू नाश गरिदिन्छ अर्थात् प्राप्त अरिष्टहरूको पनि समाप्त गरिदिन्छ ।

हृदयेन्द्रको जन्म लग्न कुण्डलीको दशम,केन्द्र भावमा कर्कटको बृहस्पति उच्च भएर रहेको अवस्था हुँदा सबै अरिष्टहरू नाश हुनेछन् ।

राज्यभावमा चार ग्रहको युति 

हृदयेन्द्रको दशमभावमा रहेका ४ ग्रह मध्ये ३ ग्रह सूर्य, बुध, बृहस्पति कारक ग्रह हुन् ।

दशमस्थानको सूर्यले राज्यकृपा गराउँछ भने मंगलसँग बुधको युति पनि यसै घरमा भएकाले जातकलाई शूर वीर गराउँछ–त्यस्तै यही बृहस्पतिको युति भएको हुनाले अरूको रक्षा गर्ने रक्षक बनाउँछ भन्नाले राजकुलमा जन्मेका व्यक्ति हुनाले राजा हुन्छन्–मुलुकको संरक्षक हुन्छन् भन्ने अर्थ लाग्छ र बुधादित्य योग पनि राज्यस्थानमा परेको छ ।

ज्योतिष शास्त्रहरूमा राजयोगको बारेमा

‘एकोद्रपि नृपतिजन्मप्रदो ग्रहः स्वोच्चगःसुहृद्दृष्टः ।
बलिभिःकेन्द्रोपगतैस्त्रिप्रभृत्तिभिरवनिपालभवः ।।
अर्थात् जन्म समयमा यदि स्व–उच्चागत एउटा मात्रै ग्रहमा आफ्नो मित्र दृष्टि भयो भने जातक राजा हुन्छ । यसबाट परिलक्षित हुन्छ कि ५ भन्दा अधिक निर्बल ग्रह पनि केन्द्रमा होस् त राजकुलोत्पन्न जातक राजा हुन्छ ।

यस्तै ५ भन्दा अधिक बलवान ग्रह केन्द्रमा भयो भने अन्य कुलोत्पन्न जातक पनि राजा हुन्छ ।

नवौँ, दशौँ, एघारौँमा ६ ग्रह 

यहाँ हृदयेन्द्रको दशमभावको केन्द्रमा ४ ग्रह रहेको र त्यति मात्र नभयि ९,१०,११ भाव समेत गरी ६ ग्रहहरू समुपस्थित छन् जुन अत्यन्त प्रवल राज योग मानिन्छ । कतिपयले यसलाई राजा त्रिभुबन यताका महेन्द्र ,वीरेन्द्र र ग्यानेन्द्र भन्दा पनि शक्तिशाली राजयोग भयेको वालक भनेर भन्ने गरेको पनि पाइन्छ । पृथ्वीनारायणको भने एकै स्थानमा छ ग्रहको सहभाव थियो । उनी जति शक्तिशाली राजा कुनै थिएनन् र हुदैनन्।

अष्टमभावको राहुले बाह्यभावलाई पूर्ण दृष्टि दिएकाले देश विदेशबाट सहानुभूति समर्थन हुनेछ। विदेश भावमा शनिको उपस्थिति हुनु र विदेशको मालिक राज्यभावमा स्थान परिवर्तन भयेर रहनु पनि महत्वपूर्ण हो । तर विदेश वा भाग्य भावको मालिक बुध शत्रु गृही भयेर राज्यभावमा बसेकोले विदेशीहरूले अवरोध गर्न सक्छन् ।

त्यसै गरी एकादशेश सूर्य पनि शत्रुगृही भयि राज्यभावमा बसेको देखिन्छ। यो भने अवरोध कारक पनि हो । तर पनि एकादशेश,दशमेश,पञ्चमेश र नवमेश कहिले पनि अनिष्टकारी हुँदैनन् भन्ने सूत्रहरू पनि छन् । शनि भाग्य स्थान तथा विदेशको मालिक भयेकोले खासगरी पश्चिमा मुलुकको सहयोग पनि प्राप्त हुन्छ सक्ने हुन्छ।

योगकारक ग्रहहरूमा जो बलि (अधिक बलवान) हुन्छ– उस्कै दशा, अन्तर्दशामा राज्य लाभ हुन्छ । यहाँ हृदयेन्द्रको दशमभावको ४ ग्रहले सुखभावलाई पूर्ण दृष्टि दिएकाले राज्यमा उनको कामले आफ्नो र जनताको सुखको निम्ति उनी महत्वपूर्ण र सुखद् हुन सक्नेछन् । पराक्रम भावको मालिक)९गुरू) राज्यभावमा उच्च भयेर बसेको छ र राज्यभावको मालिक९चन्द्र०माथि पूर्ण दृष्टि दिइरहेको देखिन्छ।

ससुराली र विदेशबाट सहयोग

यिनलाई ससुराली तथा विदेशबाट प्रशस्त सहयोग भयेतापनि पराक्रम भावको मालिक गुरुले राजयोग बनाइरहेकोले आफैले नै मद्दत र परिश्रम गरेर मुलुकको विशिष्ट पदमा पुग्न सक्ने रहेको देखिन्छ।
यिनलाई मावलीबाट प्रशस्त सहयोग मिल्नेछ ।

नेपोलियन वोनापार्टको जस्तै कुण्डली 

कुण्डली९हेर्नुहोस् जातक निर्णय पृ २६८,कु सं २०३०मा जस्तो हृदयेन्द्रको कुण्डलीमा ९,१०,११ भावमा छ ग्रहहरू रहनु त्यतिकै पनि कुण्डली प्रवल मानिन्छ। हृदयेन्द्रको कुण्डली नेपोलियन बोनापार्टको जस्तै छ त्यसैले चक्रवर्ती राजयोग देख्न सकिन्छ। यहा राज्यभावमा ४,भाग्यमा शनि १,राज्यमा गुरू उच्च, लाभ भावमा शुक्र समेत गरी ६ वटा ग्रहहरू देखिन्छन् । कृष्ण पक्षको चन्द्रमा छैठौ भावमा बस्नु शत्रुनासक योग हो भने,राज्यसत्ताको मालिक गुरुको चन्द्रमालाई पूर्ण दृष्टि छ ।

हृदयेन्द्रलाई यही योगका कारण बाबुको कुनै सुख र सहयोग हुनेछैन । चन्द्र छैठौ स्थानमा हुनु आमाको लागि राम्रो होइन तर चन्द्रमा कै घरमा बसेको वृहस्पतिको चन्द्रमालाई पूर्ण दृष्टि भयेकाले यिनको आमा नै पूर्ण अभिभावक हुन् । चन्द्र र गुरुको स्थान परिवर्तन योग, मंगल र बुधको युति,भाग्यभावको शनिको दिनको चन्द्रमामा दशौ दृष्टि जस्ता कैयौँ योगहरू यो कुण्डलीमा देखिन्छन् ।

कुण्डलीमा हंश योग,उभयचरी योग ,केन्द्रुम योग, राज्यभाव मै बुधादित्य योग,वेशी योग,वृहस्पति र चन्द्रमाको स्थान परिवर्तन योग, राज्य भाव मै राजनीतिक ग्रह सूर्य र शैनिक ग्रह मंगल मित्रगृही भयेर बनेका छन् । मंगल निच गृही भयेर पनि ४ ग्रहले पूर्ण छ र उच्चो गुरू वलवान् भयेर साथमा छ ।वृहस्पति,शनि,चन्द्रमाको दृष्टि र स्थान सम्बन्ध आदि कैयौ असल योगहरू पनि देखिरहेको छ ।

राजाहरूमा लोकप्रिय कूलदीपक योग

यस्तो कुण्डलीलाई कूलदीपक बन्ने योग लिएर आयेको भन्ने गरिन्छ। यसलाई आधार बनाएर कतिपयले शाहकूलमा त्रिभुवन यताका सर्वश्रेष्ठ र लोककल्याणकारी,लोकप्रिय राजा हुने भन्ने व्याख्या गरिएको हुन सक्छ । लग्नको मालिक एघारौभावमा बस्नुलाई यसरी भनिएको छ ।

लग्नेशे लाभगे जातः सदालाभ समन्वितः।
शुशीलः ख्यातिकीर्तिश्च वहुदारगुणैर्युतः।।९त्रिकाल जन्म कुण्डली दर्पण,१२७,१००
लग्नभावको मालिक एकादशस्थानमा भये सदा लाभ प्राप्त गर्नेछ।

लाभ भाव (११) को मालिक दशौमा,
पराक्रमको मालिक दशौमा,
पाचौको मालिक नवम त्रिकोणमा,
राजनीतिक ग्रह सूर्य
बुधसंग युक्त भयेर दशौमा रहनुले हृदयेन्द्रको कुण्डलीमा प्रशस्त राजयोग परेको देखिन्छ।

राहूको प्रभावकारी भूमिका 

मृगपति वृष कन्या कर्कटस्थे च राहौ ।।
भवति विपुल लक्ष्मी राजयोगाधियो वा ।।

लग्नदेखि ५,२,६,४ राशिमा राहू बसेको छ भने त्यो मानिस विपुल सम्पत्तिका साथ राजाधिराज हुन्छ भनिएको पाइन्छ।

केन्द्रेश शनि नवम त्रिकोणमा र त्रिकोणाधिपति बुध केन्द्र दशौमा बसिरहेको पाइन्छ।
भाग्येशे कर्म भागस्थो जातक राजाकथ वा तत्समः ।
मन्त्री शेनापतिवोपि गुणवान् जनपूजितस्।।(ऐ,पृ१४५,१०)
बस्नुलाई पनि राजयोग नै मानिन्छ ।

एकादशेश सूर्य दशौँमा बसेर कामधेनु योग,दोश्रोको पति मङ्गल दशौमा बसेर श्रीवत्स योग,तेस्रोको मालिक दशौँमा बसेर कल्पवृक्ष योगहरूले महत्वपूर्ण व्यक्ति हुनसक्ने सम्भावनालाई नकार्न सकिदैन ।

एक्लो शुक्र एघारमा

एको शुक्र जनन समये लाभ संस्था च केन्द्रे ।।
एक्लै शुक्र जन्म समयमा लाभ भावमा छ भने त्यो व्यक्ति नेतृत्वकारक हुन्छ ।
त्यसैगरी
केन्द्र त्रिकोणाधिपयोरेकत्वे भोगकारकः।
अन्यत्रिकोणपतिना सम्वन्धो यदि किम् परम् ?

केन्द्रको स्वामी नवम त्रिकोण पति (शनि)सँग सम्बन्ध राख्छ भने यो जस्तो सुभ के खोज्नु रु भनिएको पाइन्छ।
त्यसैगरी वृहस्पतिको सम्बन्धमा भनिएको छ।
यदा जीवो लग्ने मकरमपहाय प्रवसति।
तदालं भूपालं नृपतिकुलबालं जनयति । (भावकुतूहलम्,पृ६४,श्लोक ३५)

मकर बाहेक अन्य राशिमा

वृहस्पति केन्द्रमा छ भने यस्तो राजपूत्र राजा नै हुन्छ भनिएको पाइन्छ। तर दशौको मालिक छैठौमा बस्नुले बाबुको सुख सहयोग भन्दा बाबुबाट ऋण बोक्नु पर्नेछ तर छैठौ चन्द्रमाले आमा मावली तर्फबाट पूर्ण सहयोग देखाउँछ ।
यिनको खुट्टामा संख,कमल,माच्छो र अंकुशको चिन्ह पनि रहेको हुनुपर्छ ।

पच्चिस वर्षमा भाग्योदय

तुला लग्नको मानिसको भाग्योदय २५ वर्षमा हुन्छ भनिएको छ तापनि २०बर्षर११महिना पछि राजयोगकारक ग्रह वृहस्पतिको दशा चल्दैछ । त्यसपछि शनि बुध,शुक्र र सूर्यका अन्तरहरू चल्नेछन् ।

शिक्षामा उत्कृष्ट

पञ्चमको मालिक शनि र पञ्चममा शुक्रको दृष्टिलाई हेर्दा शिक्षामा कानुन,राजनीति शास्त्र,तर्क शास्त्र र भाषामा अङ्ग्रेजी,उर्दू नेपालीमा दखल भयि उत्कृष्ट विद्यार्थीको रूपमा पुरस्कृत हुन सक्छन्।
नवमाम्श कुण्डलीमा पनि वृहस्पतिलाई मित्र सूर्यको नवम अंशमा देख्न सकिन्छ।

तर गोचरमा अहिले अष्टम भावमा विचरण गरिरहेको छ त्यति राम्रो नमाने पनि हाल वृहस्पति विद्या स्थानमा रहेकोले विद्याग्रहणमा प्रशस्त सफलता पाउनेछन् । राहू छैठौमा पुग्नु र शनि छैठौमा पुग्ने संगै जस्तो हुन आउछ । त्यस बखत यिनी प्रभावशाली हुन सक्छन् ।

यसरी ज्योतिष विधाका विभिन्न योग, उपयोगहरू हेर्दा भविष्य पुस्तामा पूर्व नवयुवराज हृदयेन्द्र जनता सामु नेतृत्वकारी लोकप्रिय नेताका रूपमा स्थापना हुने सम्भावनाहरूलाई नकार्न सकिदैन।

विवाहमा चतुर्थ मङ्गल्या

वैवाहिक जीवनमा भने हृदयेन्द्रको चतुर्थ मङ्गल्या योग परेको छ । यो योग श्रीमतीको लागि पीडाजनक योग हो ।श्रीमान् श्रीमती दुवैको मङ्गल्या नै पारेर विवाह गरे मात्र जीवन सुखमय हुन्छ नत्र श्रीमतीलाई पीडा दिने योग भनिन्छ। त्यसमा पनि राहुले साथ दिएर उग्र बनाइरहेको छ ।

प्रचण्डको सप्त मङ्गल्या

पुष्पकमल दाहाल(प्रचण्ड)को जस्तो सप्त मङ्गल्या योग भने यिनको परेको छैन । सप्त मङ्गल्य्या योग भने अत्यन्त जर्को मानिन्छ। त्यस्तै परे एउटी, दुइटी, तिनवटी मात्र हैन सातवटी श्रीमती ल्याए पनि पीडादायी नै हुन्छ। (स्वयं ज्योतिषी,पृ ११३/४) पुष्पकमल दाहालले अर्की ल्याएपनि अगि लगाउने,पीडा दायक नै हुने योग परेको छ । हृदयेन्द्रको भने चतुर्थ मङ्गल्या हो तर पनि होशियार रहनु पर्ने हुन्छ।

व्यक्तित्व

शनिको स्थान लग्न रहेकोले यिनी त्ब्ीी ब्ल्म् न्ब्क्ष्ल्त् रूपमा देखा पर्नेछन् । लामा लामा हात खुट्टा भयेको, चन्द्रमा अनुहारमा रहेकोले सधै हासेर मात्र बोल्ने र वृहस्पति धर्म भावमा बसेर दृष्टि दिइरहेकोले धार्मिक सदाशयता हुन्छ । शत्रु राशिमै भये पनि धर्म प्रति ख्याल राख्ने नै देखिन्छ।

  • ठाकुरप्रसाद बराल
    अधिवक्ता तथा लेखक
    (ज्योतिष शास्त्रमा लामो समयदेखि स्वअध्ययन तथा अनुसन्धान गर्दै हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्