पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टि, ९९ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् । भने कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्