उपप्रधानमन्त्री महतोविरुद्ध सर्वोच्चमा रिट दायर, ५ वर्ष कैद र ५० हजार जरिवाना माग



न्युज अफ नेपाल, काठमाडौं ।

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोविरुद्ध राज्यविरुद्धको कसुर गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । आइतबार अधिवक्ता तुलसीराम पराजुलीले उपप्रधानमन्त्री महतोविरुद्ध रिट दायर गरेका हुन् । यद्यपि रिट दर्ताकै क्रममा रहेको अधिवक्ता पराजुलीले जानकारी दिए । उनले उक्त रिटमा तत्काल मन्त्री पदबाट बर्खास्त गरी ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्न माग गर्दै रिट दायर गरेको बताए ।

उनले भने्, ‘उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महताले मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (४) बमोजिम राज्यविरुद्धको कसुर गरेको आधारमा विपक्षी राजेन्द्र महतोलाइ तत्काल मन्त्री पदबाट बर्खास्त गरी ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ सम्म जरिवाना सजाय माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छु रिट दर्ताको क्रममा छ ।’

उपप्रधानमन्त्री महतोले शुक्रबार राति सपथ ग्रहण लगत्तै मन्त्रालयको कार्यभार सम्हाल्दै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्छ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । महतोले सोही भनाई शनिबार दिउँसो पनि दोहो्याएका थिए । यद्यपि चर्को आलोचनापछि शनिबार मध्यराति नै उक्त भनाई फिर्ता लिएको भन्दै विज्ञप्ति जारी गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्