डेनमार्कले नेपाललाई कोरोनाविरुद्धको १४ लाख डोज खोप उपलब्ध गराउने

17.95k
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

कोरोनाविरुद्ध लड्न डेनमार्क सरकारले नेपाललाई १४ लाख डोज एस्ट्राजेनिकाको खोप उपलब्ध गराउने भएको छ ।

डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको छ । खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेका छन् ।