व्यवसायीले तिरिदिए प्लान्टको ३८ लाख



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा अस्पतालमा नवजडित अक्सिजन प्लान्टको रकम मकवानपुर घरजग्गा व्यवसायी संघले भुक्तानी दिएको छ । हेटौंडा उपमहानगरपालिकाको समन्वयमा जडान भएको प्लान्टको ३८ लाख रुपिया“ संघले भुक्तानी दिएर सहयोग गरेको हो ।

प्लान्ट खरिद गरेर ल्याउने व्यबसायी दीपक खनाललाई रकम हस्तान्तरण गरिएको हो । संघ अध्यक्ष ध्रुव घिमिरेले खनाललाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण कार्यक्रममा उपमहानगर मेयर हरिबहादुर महतले समस्यामा खनालले सहयोग गरेको बताउनुभयो । अक्सिजन प्लान्ट नपाइएको अवस्थामा खनालले ल्याउँदै गरेको थाहा पाएपछि हेटौंडामा जडान गर्न आग्रह गरिएको थियो ।

संघ अध्यक्ष घिमिरेले हेटौंडामा अक्सिजन अभावमा संंक्रमितको ज्यान नजाओेस् भनेर अक्सिजन प्लान्ट स्थापनामा सहयोग गरिएको बताउनुभयो । नगरबाट उक्त रकम विनियोजन गर्न केही समय लाग्ने भएपछि संघले संयोजन गरेर रकम संकलन गरेको उहाँको भनाइ छ । नगरलाई आर्थिक व्ययभार नपर्ने गरी व्यवसायीले प्लान्टको रकम संघले उपलब्ध गराएको उहाँले बताउनुभयो ।

करिब २ साताअघि हेटौंडा अस्पतालमा उपमहानगरपालिकाको समन्वयमा १८ अक्सिजन सिलिन्डिर उत्पादन हुने प्लान्ट जडान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्