अवैध तीन लाख रकमसहित एक पक्राउ



न्युज अफ नेपाल, वीरगन्ज ।

जिल्ला प्रहरी कार्यालय पर्साले अबैद्य बित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा नगद रकम सहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले वीरगन्जको इनर्वाबाट वीरगन्जको बसपार्क हुँदै आइरहेको अवस्थामा वीरगन्ज महानगरपालिका वडा नम्बर ६का ३९ बर्षीय अमित कुमार गुप्तालाई पक्राउ गरेको हो । उनको साथबाट अण्डरवयरमा लुकाएर ल्याएको अवस्थामा तीनलाख रकम बरामद भएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाँण्डेले जानकारी दिनुभयो ।प्रहरीले उनले चलाएको ना. २८ प.५७५८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

गुप्तालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको पनि पर्सा प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्