संवैधानिक इजलासबाट न्यायाधीश कार्की र भट्टराईलाई हटाउनुपर्ने सरकारी पक्षको माग

7.24k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सरकारी पक्षले संसद विघटनविरुद्ध मुद्दाको संवैधानिक इजलासबाट न्यायाधीशहरु दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईलाई हटाउन माग गरेका छन् ।

महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीशहरु कार्की र भट्टराई हट्नुपर्ने माग गरेका हुन् । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन गरेका थिए । पपुनर्गठीत इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिठडा र आनन्दमोहन भट्टराई छन् ।

त्यस्तै, महान्यायाधिवक्ता बडालले जेठ १८ गते संवैधानिक इजलासका न्यायाधीशले लेखेको रायमाथि प्रश्न उठाएका छन् ।

यो अस्ति लेखेको राय के हो ?’ , यो आदेशमा प्रधानन्यायाधीशको हस्ताक्षर खोई ? हाम्रो न्यायिक प्रणालीलाई हामीले कुन दर्जामा राख्ने ? हामीले स्थापित गर्न खोजेको न्यायिक परम्परा के हो ? यो आदेशमा केही न्यायिक विचलन छन् ’ उनले भने ।