आर्थिक अनियमितता गरेको अभियोगमा सोह्रखुटे वृत्तका डीएसपी खड्का कारवाहीमा


न्युज अफ नेपाल ,कठमाडौं ।

आर्थिक अनियमितता गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डीएसपी दीपक खड्कालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले नसियतसहित कारवाही गरेको छ ।

डीएसपी खड्काविरुद्ध कार्यालयमा आउने सेवाग्राहीलाई चुस्त सेवा नदिएको तथा निषेधाज्ञाको समयमा पनि ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने गरेको जस्ता आरोप लागेकाे  छ ।

प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति नै बनाएर डीएसपी खड्कामाथि अनुसन्धान थालेको थियो । मातहतका प्रहरी परिचालन र कार्यशैली चित्तबुझ्दो नदेखिएपछि डीएसपी खड्कालाई कारवाही गरिएको एआईजी पालले बताए । विगत १६ महिनादेखि साह्रखुट्टेमा कार्यरत खड्का कारवाहीमा परेपछि उनलाई महानगरीय प्रहरी कार्यालयमा तानिएको छ ।