न्युज अफ नेपाल ,काठमाडौं ।
बालुवाटारस्थित ललिता निवास प्रकरणमा संलग्न ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना प्रकाशित गरेको छ ।
४९ जनाको घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै कार्यालय गोरखापत्रमा सूचना जारी गरेको हो । मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ । अन्यथा सो जग्गा सरकारको नाममा नामसारी हुने जनाइएको छ ।












प्रतिक्रिया