सिराहामा औषधि व्यवसायीमाथि गोली प्रहार


न्युज अफ नेपाल, काठमाडौं ।

सिरहाको मिर्चैया नगरपालिका–६ स्थित सिद्धि मेडिकोका संचालकलाई केहि बेर अघि अज्ञात समूहले गोली प्रहार गरेको छ । ४५ वर्षीय रामसागर साफीको वायाँ तिघ्रा र दायाँ पाखुरामा गोली लागेको सिरहा प्रहरी प्रमुख हिराबहादुर पाण्डेले जानकारी दिए । मिर्चैयास्थित अस्पतालबाट उनलाई थप उपचारका लागि बिराटनगर रेफर गरिएको छ ।

बत्ती गएको मौका छोपी पैदलै आएको समूहले औषधि पसलमा बसिरहेका साफीमाथि गोली प्रहार गरी फरार भएका छन् । गोली प्रहार गर्ने समूहको खोजीमा एसपी पाण्डे नेतृत्वको टोली खटिएको छ ।