काठमाडौंमा थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १४१ र भक्तपुरमा ७३ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौं उपत्यकामा आज ९३७ जनामा संक्रमण देखिएको हो ।

आज नेपालमा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थप ८२४३ जना संक्रमणमुक्त भएका छन्। भने ६८ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्