राजेन्द्र महतोले फेरि दोहोर्‍याए नेपाल बहुल राज्य हुनुपर्ने माग



न्युज अफ नेपाल, काठमाडौं ।

उपप्रधानमन्त्री एवं सहरी सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल एकल राज्य नभई बहुल राज्य हुनुपर्ने माग फेरि दोहोर्याएका छन् । शनिबार जनता समाजवादी पार्टी नेपाल ९जसपा० कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा नेपाल एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको बताउँदै बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने उनले बताए ।

जसपाबाट सरकारमा सहभागी भएका नवनियुक्त मन्त्रीहरुलाई अन्यभन्दा पहिले पार्टीको नीतिलाई प्राथमिकतामा राख्न पनि भनेका छन् । उपप्रधानमन्त्री महतोले थरूहट आन्दोलनमा आरोपित तथा हाल जेलमा रहेका रेशम चौधरीलाई राष्ट्रपतिबाट कैद सजाय माफी गराउन लागिएको पनि जानकारी दिएका छन् ।

उनका अनुसार केही समयमै रेशम चौधरीको रिहाइ हुनेछ । शुक्रबार सपथ ग्रहणका क्रममा नेपालमा बहुराष्ट्रिय राज्यको माग गरेसँगै विवावदमा तानिएका छन् । विभिन्न दल र जनताले उनको अभिव्यक्तिमाथि विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्