विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री, पोखरेल र ज्ञवाली बाहिरिने



न्युज अफ नेपाल, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा जाने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । उपप्रधानमन्त्री सहित ८ मन्त्री र दुई राज्यमन्त्री लिएर ठाकुर समूह सरकारमा जाने भएको हो ।

यससँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बाहिरिने भएका छन् । त्यस्तै, स्रोतका अनुसार उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको जिम्मा एमालेका रघुबीर महासेठले पाउनेछन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि उपप्रधानमन्त्रीको जिम्मा पाउने भएका छन् ।

यस्तै, शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्