ललितपुर महानगरद्वारा कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख दिने घोषणा

आइसियुमा उपचार गराएकालाई ५० हजार र अस्पताल भर्ना भएकालाई २५ हजार



न्युज अफ नेपाल, काठमाडौँ ।

ललितपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका मृतकको परिवारलाई एक लाख रूपैयाँ दिने घोषणा गरेको छ।

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई प्रतिव्यक्ति एक लाख रूपैयाँ दिने घोषणा गरेका हुन् । त्यस्तै आइसिय तथा भेन्टिलेटरमा रही उपचार गरेर निको भएकालाई जनही ५० हजार र अस्पताल भर्ना भएर कोभिड जितेका प्रत्येक व्यक्तिलाई २५ हजार रुपैयाँ प्रदान गरिने महर्जनले बताएका छन् ।

प्रेस नोट

नागरिकको जीवनमा आइपर्ने प्रत्येक सुख दुखका साक्षी हामी हो । तसर्थ , कोभिड दोनो भेरियन्ट सुरु भएपछि कोभिड संकमित भई उपचारको क्रममा निधन भएमा व्यक्तिका परिवारलाई महानगरले प्रति मृतक १ लाख रुपैया सहयोग स्वरुप प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी आइसिय तथा भेन्टिलेटरमा रही उपचार गरेर निको हुनुभएकालाई जनही ५० हजार र अस्पताल भर्ना भएर कोभिड जितेकाहरु प्रत्येकलाई २५ हजार प्रदान गरिनेछ । नगरप्रमुखको संयोजकत्वमा गठित महानगरस्तरीय विपद् व्यवस्थापन समितिको मिति २०७८ जेठ २० गतेको बैठकले कोभिडका कारण ज्यान गुमाएका परिवार र कोभिड प्रभावितहरुका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । यो सहयोग महानगरपालिकामा स्थायी बसोबास गरेका नागरिकका लागि प्रदान गरिने बैठकले निर्णय गरेको छ । यसका लागि सिफारिस पत्र लगायतका आवश्यक कागजपत्र आवश्यक पर्नेछ । कोरोना भाइरस संक्रमणका कारण मृत्युवरण गरेका सम्पूर्णमा श्रद्धाञ्जलि अर्पण गर्दै शोकशन्तप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गर्दछ । साथै कौभिड रोगवाट संक्रमित र कोभिड जित्नु भएकालाई यथाशीघ्र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।

चिरीबी महजन प्रमुख २०७८ जेठ २१

प्रतिक्रिया दिनुहोस्