कोरोनाबाट २४ घण्टामा थप १०१ को मृत्यु, ६६५३ मा संक्रमण



न्युज अफ नेपाल, काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, १०१ जना संक्रमितको मृत्यु भएको छ भने सोही अवधिमा ८६६३ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ भने ९७ हजार ६९९ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्