काठमाडौंमा मात्र १६३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र १६३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १२९ जना र ललितपुरमा २९८ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै आज काठमाडौं उपत्यकामा २०५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज देशभर थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ७५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्