राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त



न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् ।

जनमोर्चाका महासचिव मनोज भट्ट र गण्डकी प्रदेश संसदीय दलकी नेता पियारी थापाले बिहीबार दिउँसो १२ बजे प्रदेश सभा सचिवालयमा थापालाई दलबाट निष्कासन गरेको पत्र बुझाएका छन् । थापालाई सांसद पदबाट हटाइएको पत्र सचिवालयमा दर्ता भएसँगै उनलाई यसबारे जानकारी गराइसकिएको प्रदेशसभाका सचिव हरिराज पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्