कोठा भाडामा बस्ने पत्रकार तथा संचारकर्मीहरुलाई समस्या



न्युज अफ नेपाल, बझाङ।

बझाङमा कोठा भाडाँमा बस्ने पत्रकारहरुलाई समस्या हुन थालेको छ । जिल्लामा ९ वटा सामुदायिक रेडियो,३ वटा अनलाईन,४ वटा मिडियाहाउस संचालनमा रहेका छन । हरेक राष्ट्रिय मिडियाहरुमा पनि एकजना आवद रहेका छन । जिल्लामा क्रियाशिल रहेका पत्रकार तथा संचारकर्मीहरुका घरहरु टाढाटाढा तथा र्दुगममा भएको र नेटको पहुँच गाउँमा नपुगेका कारण सदरमुकाम चैनपुर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । सदरमुकाम चैनपुरमा कोठाभाँडामा बस्दा खानेपानी, कोठाभाडा,विजुल्लिको विल तथा आफुलाई चाहिने दैनिक उपभोग्य बस्तु गाँस,बास र कपास जोड्न पनि धौधौ पर्ने गरेको छ ।

नाम नखुलाउने सत्रमा राष्टिय मिडियामा कार्यरत एक पत्रकारले भने, “राष्टिय मिडियाहरुले देशमा भैरहेको राजनितिक गतिविधिलाई स्थान दिन्छ । घाम, पानी,उकाली, ओराली नभनेर र्दुगम गाउँमा गएर दुख गरी लेखेको समाचारले स्थान पाउदैन । समाचार छापिए पनि समाचार अनुसारको तथा एक समाचारको २ सय ५० ,लगाएत यसैगरी समाचार हेरेर पैसा दिने गर्छन । मिडियाहाउसले दिएको भन्दा बढी पैसा रिपोटिङ गर्न जादाँ खर्च हुने गरेको छ । ”

स्थानिय संचार माध्याममा आवद संंचारकर्मीहरुले भने, “कोरोना महामारीमा पनि पत्रकार तथा संचारकर्मीहरु अग्रपङतिमा खटिने गरेका छन । गाउँमा रिपोटिङ गर्न जानलाइ सवारी साधन आफु संग हुदैन । जानैपर्छ भन्ने भयोभने एक्लै पनि गाडी रिजर्व गर्नुपर्छ । रिर्जव गर्न २५ सय देखि माथि पैसा लाग्छ । त्यो पैसा तिरेर रिपोटिङ गर्न गए । त्यो अनुसारको मिडियाहाउसले पैसा दिदैन । अनि केले कोठाभाडा तिर्ने रु केले खाध्यान तथा दैनिक उपभोग्य सामाग्रीहरु किन्ने रुयो माहामारीमा न स्थानिय संचारमाध्यामले तलव थप गर्ने गरेका छन । नत राष्टिय मिडियाले आफु बाच्नै गाह्रो छ । परिवारको पालनपोषण त परको कुरा हो । कोठाको ६ महिनाको भाडा अझै तिर्न बाँकि छ । घरबेटिले दिनानुदिन भाँडा माग्ने गरेका छन । ”

पत्रकारिता पेसा पिडित तथा पिडितको न्यायका लागी आवज उठाउने तथा लुकेर रहेका आवाजहरुलाई बाहिर ल्याउने पेसा भए पनी पत्रकारिता क्षेत्रमा लागेका

पत्रकारहरु नै समस्यामा परे पछी कसैले नहेरेको समेत पत्रकारहरुले गुनासो गरेका छन ।जुनसुकै परिस्थितिमा पनि अग्रपंक्तिमा खटेर समाज परिवर्तन र शुसाशन कायम गर्नको निमित्त पत्रकारहरू अहोरात खटिरहेका छन् ।

यस्तो समय र परिस्थिति लाई मध्येनजर गरि नेपाल पत्रकार महासंघ बझाङले पत्रकार हरूका समस्याहरूलाई मध्येनजर गरि सम्वन्धित सबै परोपकारीमन र विभिन्न निकायहरू संग सहकार्य गरेर पत्रकारहरूका समस्या समाधान गर्न तर्फ लागेको बझाङका सचिव ललित बहादुर सिंहले बताउनु भएको छ । उनले भने यश अधि पनि पत्रकारहरूका लागि स्वास्थ्य सामाग्री बितरण गर्यौ अब पत्रकारहरूका समस्यालाई मध्येनजर गरेर आवश्यक पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्