स्काउटबाट काठमाडौँमा पनि शव व्यवस्थापन



काठमाडौं । नेपाल स्काउटले आजदेखि काठमाडौँमा पनि कोरोना सङ्क्रणबाट निधन भएकाको शव व्यवस्थापन सेवा आरम्भ गरेको छ । यसअघि प्रदेश नं. १ को विराटनगरमा यो सेवा शुरु गरेको सो संस्थाको बागमती प्रदेशका संयोजक केशरत्न बज्राचार्यसहितको टोलीले सङ्क्रमणपछि ग्राण्डी अस्पतालमा उपचाररत भई मङ्गलबार निधन भएका ५८ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको हो ।

मृत्युपश्चातको परीक्षणमा ती पुरुषमा कोरोना नेगेटिभ देखिएको थियो । ती पुरुषको शव नेपाली सेनाले व्यवस्थापन नगरेको र परिवारजनमा कोभिडको त्रास भएकाले स्काउटको टोलीले शव व्यवथापन गरेको हो । गत दुई सातादेखि गैह्रकोभिड बिमारीलाई एम्बुलेन्स सेवा दिँदै आएको तालीम प्राप्त टोलीले आज शव व्यवथापनको कार्य गरेको टोलीनेता बज्राचार्यले बताए ।

हालसम्म नेपाली सेनाले शव व्यवस्थापनको सम्पूर्ण कार्य गर्दै आएकामा त्यसमा सघाउन सेनाबाटै तालीम लिएर यो सेवा पनि शुरु गरेको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्