ढुङ्गा, बालुवा, गिट्टी निकासीको समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण



विमल विष्ट, दकाठमाडौं ।

वन तथा वातावरण मन्त्रालयले तावरणीय प्रभाव मुल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गर्ने सम्बन्धमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार एवं व्यक्त विचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रबक्ता डा बुद्धिसागर पौडेल द्धारा हस्ताक्षरित एक बिज्ञप्ति प्रकासि गरी चुरे, भावर, शिवालिक र नदी प्रणाली वाहेकका खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय अध्ययनको आधारमा उपयुक्त क्षेत्रमा खानी उत्खनन गर्ने नेपाल सरकारको नीतिगत दृष्टिकोण रहेको अनुसार मन्त्रालय सचेत रहेको उल्लेख गरिएको छ ।

चुरे, भावर, तराई–मधेश क्षेत्रको संरक्षणको लागि राष्ट्रिय गौरवको आयोजनाको रुपमा स्वीकृत राष्ट्रपति चुरे–तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना कार्यान्वयन भइरहेको र दोहन रोक्नका लागि मन्त्रालय गम्भीर रहेको उक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ । भावि सन्तती तथा चुरे दोहन रोक्न मन्त्रालय कतिबद्ध रहेको समेत उक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ । बिज्ञप्तिमा भनिएको “मन्त्रालय चुरे संरक्षणप्रति संवेदनशील छ र वातावरणीय पक्षलाई ध्यान दिई यससँग सम्बन्धित नीति, कानून तथा मापदण्डहरुको पूर्ण परिपालना गर्न÷गराउन प्रतिवद्ध छ ।”

चुरे दोहन तथा बिनास हुने गरी ढुङ्गा, गिट्टी, वालुवा निकासी नगर्ने समेत मन्त्रालयले बिज्ञप्ति मार्फत सबैमा जानकारी दिएको छ । यसैगरी चुरे तथा वातावरण संरक्षण प्रति सरोकारवाला, संरक्षणकर्मी, नागरिक समाज, अभियन्ता लगायत विभिन्न तह र क्षेत्रबाट व्यक्त भएको चासो र चिन्ताको विषयमा मन्त्रालयले उचित ध्यान दिई अगाडी बढ्ने योजना समेत बनाएको जानकारी गराएको छ । चुरे, भावर, शिवालिक र नदी प्रणाली वाहेकका खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय अध्ययनको आधारमा उपयुक्त क्षेत्रमा मात्रै खानी उत्खनन गर्ने नेपाल सरकारको नीतिगत दृष्टिकोण रहेकाले सोही अनुसार मात्रै काम अगाडी बढाइने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्