एमाले स्थायी कमिटी बैठक स्थगित



न्युज अफ नेपाल ,काठमाडौं ।

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले बैठक भोलि अपरान्ह ४ बजे बस्ने गरि स्थगित भएको एमालेले जनाएको छ ।मंगलबार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षका केही नेताहरु बाहेक अन्यलाई सम्मानजनक रुपमा पार्टी एकता प्रक्रियामा सामेल गर्नेबारे छलफल भएको थियो ।

नेपाल,भीम रावल लगाायतका नेताहरु भने एमालेमा नफर्किने निष्कर्ष एमाले नेताहरुको छ । एकताका लागि वार्तामा रहेका नेताहरुलाई माधव नेपाल पक्षबाटै दबाब बढेपछि आज ठोस प्रगति नभएकाले बैठक भोलिसम्मलाई स्थगित गरिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्