ठिमी नगरपालिकाद्वारा अस्पताललाई अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण



न्युज अफ नेपाल ,काठमाडौं ।

 कोभिड-१९ रैपिड एक्शन टास्कफोर्स समुहबाट नेपाल राईजिङ्ग अमेरिका रइन्गेज नेपालको आर्थिक सहयोग र गुथिको सहकार्यमा मध्यपुर ठिमी नगरपालिकास्थित नेपाल कोरिया मैत्रीनगरपालिका अस्पताललाई मेयर मदन सुन्दर श्रेष्ठलाई १० लि ‍‍.को ६३ थान हाइपरप मेन्स अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरेको छ ।

अक्सिजन कन्सनट्रेटरको हस्तान्तरणपश्चात मेयर श्रेष्ठले अब नगरपालिकाका विरामी कसैले पनि अक्सिजनको अभावमा उपचार नपाउने चिन्ताको नभएको जानकारी दिए । उनल नेपाल कोरिया मैत्रीनगरपालिका अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना भए सँगै कोभिड १९ का विरामीहरुलाई गुणस्तरीय अक्सिजन सहजभएको बताए । उनले भौतिक संरचनापर्याप्त भएता पनि हालअक्सिजनको अभावमा अस्पतालले दिनु पर्ने सेवा सुविधा दिननसकिरहेको अवस्थालाई चिर्दै अवअक्सिजन कन्सन्टे«टर मेसिनप्रयोग गरी अस्पतालमा ६५ बेड तुरुन्तै संचालनमा ल्याउने जानकारी दिए ।हरेक दिन कोभिड संक्रमणका कारण मृत्युवरण भएको समाचारले समाज, देश मात्रनभई विश्वभरिका मानिसहरुलाई कमजोर बनाईरहेको समयमाअक्सिजन सिलिण्डरको सहयोग गरी मानिसको जीवन बचाउन थोरै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेका बताएका छन् ।

यस्तो भयावह अवस्थाको अन्त्य हुने र विश्वनै सामान्यजिवनतर्फ फर्कनेमा आफु आशावादी भएको धारणा गुथिका प्राविधिक सल्लाहकार प्रकाशअमात्यले व्यक्त गरे सबै जनालाई यस्तो मुस्किल समयमा आफ्नो घर भित्रै सुरक्षित बस्न र आफ्नो तर्फबाट सकिने सहयोग देश जनता र आफ्नो समाजका लागि गर्नुहुन अनुरोध गरे । उनले विदेशमा रहेका नेपालीहरुले कोष स्थापना गरि संकलित रकम नेपालमा रहेका कोभिड संक्रमितहरुका लागि अक्सिजन कन्सनट्रेटर मेसिन वितरण गर्न सहयोग गरेको जानकारी दिए ।

प्रतिनिधि डा. दिवेशकर्माचार्यले मध्यपुर ठिमी नगरपालिकाले नमुना अस्पताल संचालन गरेर महामारीको समयमाविरामीहरुलाई पु-याएको सेवाअतुलनिय रहेको प्रसंसा गरे । नगरपालिकालाई आगामीदिनमा अस्पतालको प्रयोगशालाविस्तार गर्न, संक्रमितफोहोर बैज्ञानिक प्रविधिबाट व्यवस्थापन गर्न र आधुनिक सार्वजनिकशौचालयनिर्माण गरि सेवाविस्तार गर्न थप सहयोग गर्ने प्रतिवद्धता पनिव्यक्त गरे ।नेपालमा अक्सिजन अभावका कारण अस्पतालहरुले संक्रमितको उपचार गर्न नसकेकोे अवस्थामा बेफन, सेन, ईन्फो, क्रिएसन नेपाल, नेपाल राइजिंग, एंगेज नेपाल र गुथी संस्थाहरुले कोभिड १९ विरुद् लडन रैपिड एक्शन टास्कफोर्स समुह गठन गरि अक्सिजन सिलिण्डर र अक्सिजनकन्सनट्रेटर मेसिन संक्रमित बिरामीलाई उपचार गर्नउपलब्ध गराईरहेको छ । यससमुहले विभिन्न अस्पताल र आईसोलेसन सेन्टरहरुमा गरि अहिले सम्म १०० वटा अक्सिजन सिलिण्डर र ७३अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्