कर्तव्य ज्यानसहित जबरजस्ती करणी मुद्धाका फरार ५ प्रतिवादी पक्राउ



यमलाल भुसाल, बुटवल ।

निषेधाज्ञाको समयमा घरमा लुकिछिपी बसेका कर्तव्य ज्यान सहित जवरजस्ती करणी मुद्दाका फरार ५ प्रतिवादीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले फरार प्रतिवादीअप्रेसन कार्यक्रम अन्तर्गत फरार प्रतिवादीहरु पक्राउ गरेको जनाएको छ । कर्तव्य ज्यान मुद्दाका ३, जवरजस्ती करणी मुद्दाका १ र अप्राकृतिक मैथुन मुद्दाका १ फरार अभियुक्तहरु एकैदिन पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिनु भयो ।

कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद फैसला भएका तिलोत्तमा नगरपालिक ११ निवासी ५३ वर्षिय रुपा बुढाथोकी भन्ने धन बहादुर बुढाथोकीलाई पक्राउ गरिएको छ । यस्तै कर्तव्य ज्यान मुद्दामै १४ बर्षकैद फैसला भएका तिलोत्तमा नगरपालिका १६ बस्ने कन्हैया कुंवर जोगी लाई पक्राउ गरिएको छ । कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ३ महिना कैद सजाए भएका रुपन्देहीको गैडहवा ८ बस्ने बलु सुनार भन्ने वलबिर कुमार सुनारलाई पनि प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।जवरजस्ती करणी मुद्दामा ७ वर्ष कैद फैसला भएका तिलोत्तमा नगरपालिका १६ बस्ने राजन चौधरी भन्ने वेनीराम कवर जोगीलाई पक्राउ गरिएको हो ।

यस्तै अप्राकृतिक मैथुन मुद्दामा ४ वर्ष कैद सजाए भएका तिलेत्तमा नगरपालिका २ का बावुराम बि.क.लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुपन्देही जिल्ला अन्तर्गत अपराध गरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्देश्यले यही वैशाष १ गते देखि सञ्चालित “फरार प्रतिवादी बिरुद्धकोअप्रेशन कार्यक्रम अन्तर्गत जघन्य अपराधमा संलग्न १० बर्ष भन्दा बढी सजाय भएका फरार प्रतिवादीहरु हाल सम्म १६ जना पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्